7th National Convention & Khibekwa Yakwa Sewa 2022

7th National Convention & Khibekwa Yakwa Sewa 2022

7th National Convention & Khibekwa Yakwa Sewa 2022

The 7th Kirat National Convention was a momentous gathering that celebrated the vibrant Kirat community in its full glory. This convention brought together Kirat people from across the nation to commemorate our rich culture, traditions, and heritage. It served as a platform for cultural exchange, discussions on community development, and forging lasting connections among Kirat individuals and families.

हाम्रो सातौं राष्ट्रीय सम्मेलन तथा खिबेक्वा याक्वा सेवा सफलतापूर्वक सम्पन्न भएको छ।

दुई बर्षपछिको सामूहिक पुनर्मिलन रमाईलो मात्र नभएर धेरै फलदायक रहेको महसूस गरेको छु।

प्रथम दिनको अधिवेशनबाट किराती जोश र जॉगरले भरिपुर्ण एक सशक्त नयॉ KCOA board पाएका छौं। यो नयॉ टिमलाई बधाई तथा कार्य सफलताको अग्रिम शुभकामना पनि छ। यहिं टिमको नेतृत्वमा केन्द्रीय माडंहिमको निर्माण कार्य सम्पन्न हुन सकोस। शुभकामना छ।

दोस्रो दिनको सेवा आराधना प्रार्थनाबाट माड्को हामीलाई प्रशस्त निगाह रहोस, नुबा याम्बक नुबा खाजोड् चोक्मा नाम्सिड् केःप्मा लासिड् केःप्मा कुसाड् लमा कुलिड्धो केःप्मा हाड्वा नाड्वा मुई आशिर्बाद मिलोस।

तेस्रो दिनको सांस्कृतिक नॉचगान संगीत कला कृति मौलिक भेषभुषाको स्मरणले हाम्रो मन मस्तिष्क जहिले प्रफुल्लित रहोस, उत्कृष्ट संन्कृतिको धनी हामी रहेको याद दिलाई रहोस।

अनि अर्को अविस्मरणीय क्षण- कुन हो मेरो दर्शको वृत चित्रले (documentary) हामीलाई भावुक बनाएको थियो। पुरानो घाउ बल्झे झै भएको थियो। किनकी क्याप्टन बुद्धबिरको कथा हाम्रो पनि साझा कथा हो। श्रद्धेय काका क्याप्टन हजुरलाई हार्दिक नमन छ। किनकी आफुले भोगेंको पिंडों अरुलाई सुनाइ चाहादैनौं. यसरी भन्न चाहदैनौ, भन्न चाहे पनि भन्न सक्दैनौं। मनका ति बोझलाई बिसाउनु भयो। संसारलाई सुनाउनु भयो। यो भूटानी नेपाली को अधुरो आन्दोलनको फलस्वरूप एक ऐतिहासिक साक्षी भएर रहनेछ। यस वृत चित्र निर्माण गर्ने संपुर्ण टोली प्रति आभार ब्यक्त गर्न चाहानछु।

तेस्रो दिनमा यस पालीको झनै पृथक प्रस्तुती student honor & scholarship program रहेको थियो। सम्मानित हुने र scholarship हासिल गर्ने बिद्यार्थी नानीहरुलाई बधाई छ र उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु। दुई जना नानीहरुको छोटो speech ले मेरो मन छोएको छ। भावी पिंडीमा केहि आशा र विश्वास जागेको छ।

यत्तिको भव्य र सभ्य कार्यक्रम सफलतापूर्वक ब्यवस्थापन गर्ने होस्ट सन्स्था Kirat Cultural Society of Cincinnati लाई मुरी मुरी धन्यबाद। साथै आवश्यक सरसल्लाह र समायोजनको महत्वपूर्ण भूमिका निभाउने हाम्रो एक मात्र राष्ट्रीय केन्द्रीय संघ Kirat Community Organization of America लाई पनि धेरै धेरै धन्यवाद दिन चाहानछु।

अमेरिकी जीवन अति व्यस्त रहनछ। तथापि त्यसको बावजूद पनि हाम्रा धेरैभन्दा धेरै धर्मवलम्बिहरुले कार्यक्रमा आफ्नो उपस्थिति जनाएर यस सम्मेलन तथा याक्वा सेवाको गरिमा बडाएको छ। संपुर्णलाई मेरो लुड्मेन्दिड् हार्दिक सेवारो। अन्तमा पुनः अर्को बर्ष हाम्रो यस्तै रनाईलो भेंट ओहाईयो राज्यको कलम्बस शहरमा अवश्य हुने नै छ।

नोगेन

नरेश लाओती