Uttare khalange
Dive into the mystique of Uttare Khalange, a Kirat religious sanctuary that resonates with spiritual energy. Explore the profound rituals, age-old traditions, and cultural significance that define Uttare Khalange as a sacred space within Kirat heritage. Embark on a journey to experience the spiritual essence of Uttare Khalange firsthand.
नेपालको सुदूर पूर्वी जिल्ला इलामको सुदूर–पश्चिमी क्षेत्रमा माङसेबुङ गाउँपालिका छ। यो गाउँपालिकामा बाँझो गाउँसमेत गाभिएको छ। सोही बाँझो गाउँभित्र उत्तरे, खलङ्गे भन्ने गाउँ छ।
उत्तरे गाउँमा वि.सं. २०१३ फागुन ३ गते बिहीबार पूर्णिमा तिथिमा सुब्बा बीर्खध्वज साँबा र आमा कौशिला (ऐश्वरी) साम्सुहाङ साँबाकी जेठी छोरीको रुपमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको मावली घरमा जन्म भएको हो।
साँबा, योङहाङ र राईहरुको बस्ती रहेको बाँझो गाउँमा एक समय राई दाजुभाइबिच झगडा परी काटाकाटको स्थिति सिर्जना भयो। त्यसैले ती झगडालुलाई पक्राउ गर्नुपर्ने स्थिति भएकाले कौशिला साम्सुहाङ माइतीघर उत्तरेमा जानुभएको थियो। यही समयमा पवित्रहाङमा साँबाको जन्म भएको थियो। कर्कट राशी, अश्लेषा नक्षत्रका वहाँको नामको पहिलो अक्षर ‘डु’ जुरेता पनि पूर्णिमाको जूनजस्तै उज्यालो मुहार भएकाले बुबा बीर्खध्वजले वहाँको नाम ‘पवित्र’ भनेर नामाकरण गर्नुभयो। बालिकाको जन्मपछि घर परिवार र मामा मावलीलाई सुव्यफाव्य हुँदै गयो।
धेरै पुस्ताअघि १० लिम्बुवान १७ थुममध्येका एक राजा सामलुप्ली साँबाहाङका सन्तान आफ्नो राजगढ तम्बरखोला हुँदै तम्बरयकबाट नयाँ ठाउँको खोजीमा हिँडदै जाँदा बाँझोमा आई बसोवास गरेका थिए। वि.सं. १९५० मा नेपाल सरकारले गरेको महाजाँचबाट नै साँबाहरु यस ठाउँका ‘सुब्बा’ मा नियुक्त भई सुब्बा काज चलाउँदै आएका थिए। बिभिन्न मौजामा सुब्बा काज चलाउने क्रममा अम्बरसिं साँबाका पनाति, कुलमान साँबाका नाति र जहरमान साँबाका छोरा बीर्खध्वज साँबा सुब्बा हुनुभएको थियो।
धान, मकै, कोदो, गहुँ, फापर, तोरीजस्ता बाली फल्ने यस ठाउँको हावापानी अनौठो छ। यस ठाउँबाट अलिकति माथि उक्लियो भने हिमाली चिसोले ठिहिर्याउँछ भने अलिकति तल ओर्लियो भने तराईको गर्मीले सेकाउँछ। यस्तो हावापानी भएको ठाउँमा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि नै थियो। त्यही पेशा अपनाउने किसानको घरमा अङसीमामाङ पवित्रहाङमाको जन्म भएको थियो। खलङ्गेमा सुब्बा बीर्खबहादुर साँबाको ढुङ्गाको गारो लगाएर बनाइएको दुई तले घर थियो। खरले चिट्टिक छाएको, भित्तामा सेतो कमेरो र फेदमा रातो माटोले पोतिएको सुन्दर देखिने उक्त घरलाई पवित्रहाङमाको जन्मले नयाँ रंग थपिएको थियो। किनकि, सुब्बाकी छोरी हेर्न इस्टमित्रहरुको आवतजावत बढ्दो थियो। हेर्दै सुन्दर लाग्ने बालिकालाई मन नपराउने कोही हुन्न थिए।
पवित्रहाङमा गर्भमा रहँदा आमा कौशिलाले अदभूत सपना देख्नुभएको थियो। वहा“ले ती सपनालाई मनमा गुनेर राख्नुभएको थियो। सपनामा वहाँ सधंै सेतो पहिरनमा महात्मा बनेर हिँडेको, फूलै फूलको सुन्दर बगैंचामा डुलेको, आनन्दको लोकमा घुमफिर गरेको साथै झलमलाउँदो जून, घाम आफ्नै अगाडि झुल्केको देख्नु हुनुहुन्थ्यो। यसरी नै वहाँ गर्भवती हुँदा खानपान गर्दै आएको मासुमंस, जाँडरक्सी, सुर्ती, खैनी खाँदा बिरामी हुन थाल्नुभयो। त्यसैले ती वस्तु सेवन गर्न छाड्नुभयो। सुब्बा परिवारका वहाँले सुत्केरी अवस्थामा पनि मासुमंस, जाँडरक्सी खानु भएन।
साप्पोक चोमेन सेवा (कोख पूजा) गर्दा फेदाङमाले भन्नुभएको थियो, ‘यो गर्भको बच्चा छोरा भए उसको बावु बा“च्दैन, छोरी भए महाशक्तिशाली हुन्छ।