Labrekuti
Experience the ethereal beauty of Labrekuti, a revered Kirat religious place that encapsulates the essence of ancient spirituality. Immerse yourself in the rituals, legends, and serene surroundings, discovering the heart of Kirat's cultural and religious heritage.
नेपालको सुदूर पूर्वी जिल्ला पान्थरको फिदिम नगरपालिका ५ अन्तर्गत चोकमागुको लब्रेमा दुई वटा माङहिम छन्। करिब सय मिटरको अन्तरमा माथिपट्टी किरात साङसेन वरक चोत्लुङ माङहिम र तलपट्टी लब्रे सत्रथुम चिल्लीनारा माङहिम छन्। समुद्र सतहबाट ८२०० सय फिट उचाइमा रहेका लब्रेकुटीको रुपमा परिचित यी दुबै माङहिम महागुरु फाल्गुनन्द लिङ्देनको समयमा नै निर्माण भएका हुन्। उत्तरमा फिदिम, पूर्वमा रानीटार, पश्चिममा सिवा र दक्षिणमा इम्बुङ गाउँ छन्। पूर्वपट्टी महागुरु फाल्गुनन्दले उमार्नुभएको पानीको मुहान रहेको छ। केही मास्तिर फक्ताङलुङ यात्रा गर्न नसक्नेहरुका लागि निर्माण गरिएको सानो फक्ताङलुङ रहेको छ। जहाँबाट फक्ताङलुङ, कञ्चनजङ्गा, सगरमाथा, मुक्कुमलुङ, मानाभरा र सिलौटीको समेत देख्न सकिन्छ। यी माङहिमहरुमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ २०२६ साल यता पटक पटक पुग्नु भएको छ।
१. किरात साङसेन वरक चोत्लुङ माङहिम
लब्रेको ८ जिल्ला माङहिमको रुपमा परिचित यो माङहिम वि.सं. १९८३ असोजमा स्थापना भएको हो। सो माङहिमको लागि चोकमागु चुकपाङभेका सुब्बा आसबहादुर तुम्बापोको अगुवाईमा चोकमागुका सबै सुब्बाहरुलाई जग्गादान गर्ने प्रस्ताव गर्दा महागुरु फाल्गुनन्द लिङ्देनसमक्ष एकै स्वरमा एकै मतले ८ जिम्मा २२ सुब्बाहरुले लिखत गरी भूमिदान गरेका थिए।
यस ठाउ“मा माङहिम निर्माण भएपछि मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि.सं. १९८८ बैसाक २४ गते १० लिम्बुवान १७ थुमका किरातीहरुलाई भेला गराई सत्यधर्म मुचुल्का खडा गर्नुभएको थियो। वि.सं. १९९१ चैत २२, २००४ बैसाक १७ र १९७८ पुस १६ गते देववाणी र भविष्यवाणी गर्नुभएको थियो।
यस माङहिममा सत्यधर्म मुचुल्का, महागुरुले प्रयोग गर्नुभएको खोटे सल्लाको खाट, तिर्ने लामाले वाण हान्दा फुटेको थाल, महागुरुको कपाल, त्रिशुल, महागुरुलाई ‘हामी अब हुक्का खा“दैनौं’ भनेर चढाइएको हुक्का आदि रहेका छन्।
माङहिमको स्थापनाकालदेखि माङसेवासाबाहरु येल्लिङ साम्बोङ, गंगादास (गंगादिल) तुम्बापो, जीतबहादुर तुम्बापो, प्रभुरामहुँदै हाल धु्रव तुम्बापो छन्।
वि.सं. २०५७ मा माङहिम जिर्णाेद्वार भयो। वि.सं. २०६० मा धुनीकुण्ड बन्यो। वि.स. २०६१ मा रिङरोड निर्माण भएको छ। वि.सं. २०६३ बैसाकदेखि निरन्तर महाबत्ती बलिरहेको छ। गुरु आश्रम र धर्मशाला समेत वि.सं. २०६८ मा सम्पन्न भएको छ। माङहिम छेवैमा वि.सं. २०६४ मा ६ फिट अग्लो कमलको फूलमाथि त्रिशुल समाति उभिएको फाल्गुनन्दको शालिक निर्माण गरिएको छ।
२. लब्रे सत्रथुम चिल्लीनारा माङहिम
यो माङहिम वि.सं. १९८८ मा स्थापना भएको हो। यसलाई धेरैले १७ थुम गोश्वारी मन्दिर (युमा माङहिम) को रुपमा समेत चिन्छन्। यस माङहिममा महागुरुले प्रयोग गर्नुभएको खाट, टेक्नुभएको त्रिशुल, संसारभरको ढुङ्गा, हेंवा खोलाको ढुङ्गा, राजारानीको मावरक पावरक ढुङ्गा, मान्छेजस्तो बोल्ने ढुङ्गा र एकजना बाहुनले दान बढी थापें भनेर पाप कटाउनी ताँबाको मान्छेजस्तो सानो मूर्ति रहेको छ।
यस माङहिम १० लिम्बुवान १७ थुमका सुब्बा र भक्तजनहरुलाई भेला गरी चुम्लुङ गर्ने, सेवा पूजा गर्ने विशेष ठाउ“को रुपमा स्थापना भएको हो। यस माङहिममा बालाचर्तुदशी र रामनवमी पर्वमा याक्वा सेवा र धुरपूजा गर्ने चलन छ। सत्य धर्म मुचुल्का लेखन गर्दा यस माङहिम परिसरमा गरिएकाले तथा तथा वि.सं. १९८५ बैसाक २० गते महागुरुले देववाणी गर्नुभएकाले यस माङहिमको ऐतिहासिक महत्व रहेको छ।
यहाँ माङसेवासाबा येल्लिङ साम्बोङ, बैजनाथ (तुम्बाफुक) तुम्बापो र हाल जगतहाङ तुम्बापो रहेका छन्। पछिल्लो समय यस माङहिमको जिर्णोद्वार गरिनुका साथै भक्तशाला निर्माण भएको छ।